Kathmandu Press

थप १,२८२ जनामा काेराेना संक्रमण, निको हुनेकाे संख्या बढ्दा सक्रिय संक्रमित घट्दो

१२,०८१ जनामा गरिएको पिसिआर परीक्षणबाट ९७५ र ३,४०७ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ३०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
थप १,२८२ जनामा काेराेना संक्रमण, निको हुनेकाे संख्या बढ्दा सक्रिय संक्रमित घट्दो

काठमाडौं, असोज ११ : पछिल्लो २४ घन्टामा देशभरिमा १,२८२ जना कोरोना संक्रमित थपिएका छन्।

१२,०८१ जनामा गरिएको पिसिआर परीक्षणबाट ९७५ र ३,४०७ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ३०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ७,९२,३६७ जनामा र एन्टिजेन परीक्षणबाट ९०,८५४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा १,२६२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,६२,४१६ पुगेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,१०३ पुगेको छ।

अहिले देशभरिमा १८,८४८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:३९ बजे, सोमबार, असोज ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्