Kathmandu Press

जर्मनीको कन्जर्भेटिभ पार्टी अब विपक्षी बेन्चमा

बर्लिन, असोज ११ : जर्मनीको सोसल डेमोक्रेटिक पार्टीका नेता ओलाफ स्कोल्जले जर्मनीको सीडीयू–सीएसयू गठबन्धन अब विपक्षी बेन्चमा पुग्ने बताएका छन्। रूढ़िवादीहरूको विरुद्ध चुनावी मोर्चामा पार्टीलाई विजय...
जर्मनीको कन्जर्भेटिभ पार्टी अब विपक्षी बेन्चमा

बर्लिन, असोज ११ : जर्मनीको सोसल डेमोक्रेटिक पार्टीका नेता ओलाफ स्कोल्जले जर्मनीको सीडीयू–सीएसयू गठबन्धन अब विपक्षी बेन्चमा पुग्ने बताएका छन्। 

रूढ़िवादीहरूको विरुद्ध चुनावी मोर्चामा पार्टीलाई विजय नजिक पुर्‍याएका नेता स्कोल्जले सीडीयू र सीएसयूले जनमत मात्र गुमाएका छैनन्, सरकारबाट बाहिरनलाई जनताबाट स्पष्ट जनादेश पनि पाएको बताएका छन्।  

वर्तमान सरकारका अर्थमन्त्रीसमेत रहेका नेता स्कोल्जले उनीहरू अब सरकारमा बस्न नमिल्ने भन्दै तुरुन्त प्रतिपक्षमा जानुपर्ने बताएका हुन्। 

प्रकाशित मिति: १६:२१ बजे, सोमबार, असोज ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्