Kathmandu Press

भोटेकोसी, त्रिशूली र कर्णाली नदी सफा गरिने

काठमाडौं, असोज ११ : जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाले भोटेकोसी, त्रिशूली र कर्णाली नदी सफा गर्ने भएको छ।कोरोना सङ्क्रमणका कारण धराशायी बन्दै गएको...
भोटेकोसी, त्रिशूली र कर्णाली नदी सफा गरिने

काठमाडौं, असोज ११ : जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाले भोटेकोसी, त्रिशूली र कर्णाली नदी सफा गर्ने भएको छ।

कोरोना सङ्क्रमणका कारण धराशायी बन्दै गएको नेपालको पर्यटन क्षेत्र पुनःउत्थानका लागि उक्त परियोजनाले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्यटन क्षेत्रमा सङ्लग्न जनशक्तिलाई अल्पकालीन रोजगार कार्यक्रमअन्तर्गत नदी सफा गर्न दिएको हो। 

आइतबार भोटेकोसीबाट सुरु गरिएको कार्यक्रम मङ्गलबार त्रिशूली र शुक्रबार कर्णालीमा शुभारम्भ गरिने नेपाल एसोसियसन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा) का महासचिव शिशिर खनालले राससलाई जानकारी दिए।

उक्त कार्यक्रमअन्तर्गत रिभर गाईड र कर्मचारीले नदी सफा र पहुँच मार्ग मर्मत गर्नेछन्। एक मजदुरलाई १२ दिनको रोजगार दिइने उक्त कार्यक्रममा २०० रिभर गाईड एवं कर्मचारीले काम पाउनेछन्। उनीहरुले काम गरेबापत परियोजनाले दैनिक १ हजार प्रदान गर्नेछ। 

नेपालमा रहेका करिब ६ हजार नदी नालामध्ये कर्णाली, कालीगण्डकी, त्रिशूली, भोटेकोशी, सुनकोशी, अरुण, तमोरलगायत १६ नदी साहसिक जलयात्राका लागि खुला गरिएको छ।

प्रकाशित मिति: १६:०२ बजे, सोमबार, असोज ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्