Kathmandu Press

फार्क विद्रोहीको आक्रमणमा पाँचजनाको मृत्यु

बोगोटा, असोज ११ : कोलम्बियाका फार्क विद्रोही समूहको आक्रमणमा परी पाँच सर्वसाधारको मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार बताएका छन्। यो घातक घटना नारिनोको दक्षिणी...
फार्क विद्रोहीको आक्रमणमा पाँचजनाको मृत्यु

बोगोटा, असोज ११ : कोलम्बियाका फार्क विद्रोही समूहको आक्रमणमा परी पाँच सर्वसाधारको मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार बताएका छन्। 

यो घातक घटना नारिनोको दक्षिणी भागमा पर्ने टुमाकोको एक ग्रामीण क्षेत्रको ‘सार्वजनिक प्रतिष्ठान’ मा भएको सेनाले जनाएको छ। 

सन् २०१६ मा क्रान्तिकारी सशस्त्र बल फार्क (एफएआरसी) सँग शान्ति सम्झौतामा हस्ताक्षर भएयता यस सशस्त्र समूहबाट बारम्बार आक्रमण हुँदै आएको पाइन्छ।

एक गाडीमा प्रतिष्ठान आइपुगेका फार्क विद्रोहीहरु अन्धाधुन्ध गोली चलाएका सेनाद्वारा जारी गरेको विज्ञप्तिमा जनाइएको छ। 

दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गोली लागेका अरु तीन जनाको अस्पतालमा मृत्यु भएको बताइएको छ। यस घटनामा परी अन्य १२ जना घाइते भएका छन्। 

प्रकाशित मिति: १५:४४ बजे, सोमबार, असोज ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्