Kathmandu Press

भारतमा थप २६ हजार कोरोना सङ्क्रमित

नयाँ दिल्ली, असोज ११ : भारतमा कोरोना भाइरसबाट थप २६ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन्। पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ४१ जना...
भारतमा थप २६ हजार कोरोना सङ्क्रमित

नयाँ दिल्ली, असोज ११ : भारतमा कोरोना भाइरसबाट थप २६ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन्। पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ४१ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ।

भारतमा अहिले पनि सङ्क्रमितको सङ्ख्या दुई लाख ९९ हजार ६२० रहेको छ। यो सङ्ख्या घट्दै गएको देखिएको छ। एकै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो।   

त्यसैगरी अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड २९ लाख ३१ हजार ९७२ पुगेको छ। गत आइतबारसम्ममा भारतका ५६ करोड ४४ लाख जनाको स्वाब परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म ८६ करोड १० लाख डोज खोप लगाइएको छ। 

प्रकाशित मिति: १५:४२ बजे, सोमबार, असोज ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्