Kathmandu Press

बैतडीका १० वटै पालिकामा कांग्रेसको नयाँ नेतृत्व

बैतडी, असोज ११ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बैतडीका १० वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ।यहाँका तीन पालिकामा सर्वसम्मतिबाट नेतृत्व चयन गरिएको हो...
बैतडीका १० वटै पालिकामा कांग्रेसको नयाँ नेतृत्व

बैतडी, असोज ११ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बैतडीका १० वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ।

यहाँका तीन पालिकामा सर्वसम्मतिबाट नेतृत्व चयन गरिएको हो भने सातमा निर्वाचन भएको जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए।   

दशरथचन्द नगरपालिकामा भएको निर्वाचनबाट नगरसभापतिमा भुवनराज भट्ट निर्वाचितभए। भट्टले १०४ र उहाँका प्रतिद्वन्द्वी गजेन्द्रसिंह रावलले ७९ मत पाए। उपसभापतिमा सुरजबहादुर चन्द र हरिराम टमाटा, सचिवमा गणेशसिंह थापा र श्यामबहादुर चन्द  सहसचिवमा उत्तमराज जोशी र राजेन्द्रप्रसाद बडू विजयी भएका छन्।  

पुचौडी नगरपालिकाको नगरसभापतिमा गणेशबहादुर गडाल विजयी भए। उनले ८४ र  उनका प्रतिद्वन्द्वी जनकबहादुर विष्टले ५७ मत पाए। उपसभापतिमा ईश्वरदत्त भट्ट र वीरबहादुर महरा, सचिवमा राजप्रसाद जोशी र रितेशबहादुर बोहरा, सहसचिवमा  दिलबहादुर साउद र सरोज बम विजयी भए।  

पाटन नगरपालिकाको नगरसभापतिमा मानबहादुर ऐर ९७ मत ल्याएर विजयी भए। उनका निकटतम् प्रतिद्वन्द्वी जयसिंह विष्टले ६८ मत प्राप्त गरे। उपसभापतिमा रमेश महरा र कृष्णबहादुर कुँवर, सचिवमा लवदेव जोशी र जगदीशसिंह विष्ट, सहसचिवमा कैलाशचन्द र कृष्णा पन्त विजयी भए। 

मेलौली नगरपालिकाको सभापतिमा प्रमानन्द भट्ट ४९ मत ल्याएर विजयी भए। निकटतम् प्रतिद्धन्दी नरेस विष्टले ४६ मत पाउनुभयो भने अर्का प्रत्यासी लोकराज भट्टले ३८ मत प्राप्त गरे।

यस्तै उपसभापतिमा भरतसिंह पुजारा र राजबहादुर चन्द, सचिवमा सुरेन्द्रप्रसाद भट्ट र अशोकसिंह विष्ट सहसचिवमा महेशदत्त भट्ट र लक्ष्मण पोखरेल निर्वाचित भए। 
 
सिगास गाउँपालिकामा कर्णबहादुर ऐर ७४ मतसहित सभापतिमा निर्वाचित भए। उनका प्रतिद्वन्द्वी रामबहादुर धामीले ६७ मत पाए। उपसभापतिमा सुमित्रा ऐर र धनबहादुर साउद, सचिवमा टेकबहादुर चन्द र भानसिंह धामी, सहसचिवमा प्रकाश जोशी र गोविन्द अवस्थी विजयी भए। 

दोगडाकेदार गाउँपालिकाको सभापतिमा नन्दराज भट्ट ५३ मतसहित विजयी भए। उनका प्रतिद्वन्दी चन्द्रदेव भट्टले ५१ मत प्राप्त गरे। उपसभापतिमा आनसिंह विष्ट र कलकुते कार्की, सचिवमा दानबहादुर विष्ट र कर्कराज जोशी, सहसचिवमा जीतेन्द्र कार्की र सुशीला विष्ट विजयी भए। 

डिलाशैनी गाउँपालिकाको सभापतिमा ५५ मतसहित जयानन्द जोशी (जयराज) निर्वाचित भए। प्रतिद्वन्द्वी कृष्णकुमार धामीले ४७ मत ल्याए। उपसभापतिमा  रामनाथ, शङ्कर विष्ट, सचिवमा मदननाथ, शङ्करदत्त पन्त, सहसचिवमा विक्रम कार्की, दिलानाथ विजयी भए। सुर्नया, डिलाशैनी र शिवनाथ गाउँपालिकामा भने सर्वसम्मतिबाट नेतृत्व चयन गरिएको छ।  

सुर्नया गाउँपालिकाको  सभापतिमा प्रतापसिंह महरा, उपसभापतिमा करवीरसिंह ऐर र राजेन्द्र लुहार, सचिवमा सुन्दरसिंह विष्ट र उत्तमबहादुर चन्द, सहसचिवमा पदमराज भट्ट र दिनेशबहादुर बोहरा चयन भएका छन्।

पञ्चेश्वर गाउँपालिकाको सभापतिमा रामबहादुर चन्द,उपसभापतिमा जमनसिंह साउद र धीरानबहादुर चन्द, सचिव गजेन्द्रबहादुर चन्द र टङ्कप्रसाद तिवारी, सहसचिव वीरेन्द्र सिहं भण्डारी र वीरबहादुर चन्दलाई चयन गरिएको छ।

शिवनाथ गाउँपालिकाको सभापतिमा हीराचन्द, उपसभापतिमा जयसिंह साउद र लालसिंह साउद, सचिवमा केशवदत्त कलौनी, गम्भीरबहादुर चन्द, सहसचिवमा शुक्रसिंह महर, लक्ष्मणदत्त पन्त चयन भए।

यहाँका सबै पालिकाका सदस्य भने सर्वसम्मतिबाट चुनिएका जिल्ला निर्वाचन समितिले जनाएको छ।  

प्रकाशित मिति: १५:०६ बजे, सोमबार, असोज ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्