Kathmandu Press

एभरेस्ट बैंकको नाफा तीन अर्बभन्दा बढी, सेयरधनीलाई लाभांश कति?

काठमाडौं, साउन १६ : एभरेष्ट बैंकले गत आर्थिक वर्षमा तीन अर्ब चार करोड ६१ लाख खुदनाफा कमाएको छ। जुन नाफा अघिल्लो वर्षभन्दा १८ प्रतिशतले बढी हो।

....

अघिल्लो वर्ष बैंकले दुई अर्ब ५८ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यसवर्ष बैंकले अघिल्लो वर्षको तुलनामा ४६ करोड ४४ लाख रुपैयाँ नाफा बढेको एभरेष्टले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ।

गत आर्थिक वर्षमा गरेको खुदनाफाबाट एभरेष्टले सेयरधनीलाई दुई अर्ब १८ करोड ८० लाख रुपैयाँ लाभांश वितरण गर्न सक्ने वित्तीय विवरणमा उल्लेख छ।

बैंकको निक्रिय कर्जा घटेर ०.१६ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यस्तो कर्जा ०.२० प्रतिशत थियो। निक्षेप लागत ६.२१, सीसीडी रेसियो ७५, आधार दर ८.१२ र ब्याजदर अन्तर ४.२९ प्रतिशत रहेको छ।

प्रतिसेयर खुदसम्पत्ति २१८ रुपैयाँ पुगेको छ। बैंकले एक खर्ब २९ अर्ब ५५ करोड रुपैयाँ निक्षेप परिचालन गरी एक खर्ब चार अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको वित्तीय विवरणमा उल्लेख  छ।

प्रकाशित मिति: १०:३३ बजे, बिहीबार, साउन १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्