बेलायतमा एकै दिन ३२ हजारभन्दा बढीमा सङ्क्रमण
लन्डन, असोज ११ : बेलायतमा पछिल्ला केही हप्तायता कोभिड–१९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएका बेला आइतबार पनि एकै दिनमा ३२ हजार भन्दा बढी सङ्क्रमित...
लन्डन, असोज ११ : बेलायतमा पछिल्ला केही हप्तायता कोभिड–१९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएका बेला आइतबार पनि एकै दिनमा ३२ हजार भन्दा बढी सङ्क्रमित थपिएका छन्। ती सङ्क्रमितहरु पछिल्लो २४ घन्टामा थपिएका समाचारमा जनाइएको छ ।
प्राप्त समाचारअनुसार यहाँ आइतबार मात्र ३२ हजार ४१७ जना सङ्क्रमित भेटिएका हुन्। गएको २४ घन्टा यतामात्र थपिएका ती सङ्क्रमतिहरुसँगै यहाँ अहिलेसम्म सङक्रमित हुनेको संख्या ७६ लाख नाघेको छ।
यहाँका स्वास्थ्य अधिकारीहरुकाअनुसार यहाँ आजसम्म सङ्क्रमितहरुको संख्या ७६ लाख ६४ हजार ५२० जना पुगेको छ। त्यसैगरी यहाँ यस सङ्क्रमणबाट भएको मृत्युको संख्या १ लाख ३६ हजार १६८ जनाको मृत्यु भएको छ।
त्यसैगरी गएको २४ घन्टामा मात्र यहाँ ५८ जनाको सङ्क्रमणबाट ज्यान गएको बताइएको छ। लन्डनमा कोभिड १९ को अवस्था समयमा सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको छ।
केही समयअघि यहाँ भाइरसका सङ्क्रमितहरु घटेपछि जनजीवनलाई पनि सामान्य बनाइएको भए पनि पछिल्लो हप्ताहरुमा महामारीको सङ्क्रमण फेरि बढ्न सक्ने खतरा देखिएको छ। पछिल्ला केही दिनयता यहाँ हरेक दिन ३० हजार जना भन्दा पनि बढी सङ्क्रमित थपिने गरेका बताइएको छ।












