एमाले स्थायी कमिटी बैठक जारी, १० बुँदे कार्यान्वयनबारे छलफल हुँदै
काठमाडौं, असोज ११ : एमाले स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी छ।बैठकमा एमाले केन्द्रीय कमिटीमा केन्द्रीय सदस्यहरूले उठाएको विषयसहित १० बुँदे...
काठमाडौं, असोज ११ : एमाले स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी छ।
बैठकमा एमाले केन्द्रीय कमिटीमा केन्द्रीय सदस्यहरूले उठाएको विषयसहित १० बुँदे सहमति कार्यान्वयनबारे छलफल हुने बताइएको छ।
शुक्रबार सुरु भई आइतबार सम्पन्न केन्द्रीय समितिको बैठकमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेल सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन मस्यौदा प्रतिवेदन सुझावसहित पारित गरिएको थियो।
तीन प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाइएका थिए। नेताहरूले १० बुँदे सहमति कार्यान्वयनबारे सवाल उठाएका थिए। पदाधिकारी थपघटलगायतबारे केन्द्रीय सदस्यहरूले विभिन्न सुझाव दिएका थिए।
केन्द्रीय सदस्यहरूलाई जवाफ दिँदै अध्यक्ष ओलीले सुझावहरूमाथि स्थायी कमिटी बैठक बसेर टुंगो लगाउने बताएका थिए।
प्रकाशित मिति: १३:४३ बजे, सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











