Kathmandu Press

चितवनका सात पालिकामा कांग्रेसको नयाँ नेतृत्व

चितवन, असाेज ११ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत यहाँका सात पालिकामा अधिवेशन सम्पन्न भएको छ। असोज ९ र १० गते सम्पन्न पालिका अधिवेशनले अधिकांश...
चितवनका सात पालिकामा कांग्रेसको नयाँ नेतृत्व

चितवन, असाेज ११ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत यहाँका सात पालिकामा अधिवेशन सम्पन्न भएको छ। असोज ९ र १० गते सम्पन्न पालिका अधिवेशनले अधिकांश नयाँ अनुहारलाई पालिकाको नेतृत्वमा जिम्मेवारी दिएको छ।
 
आइतबार राति सम्पन्न भरतपुर महानगरपालिकाको अधिवेशनले चित्रसेन अधिकारीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी भरत अधिकारीलाई १०३ मतले पराजित गरेका हुन्। चित्रसेनले ६४९ मत ल्याउँदा भरतले ५४६ मत ल्याए। 

यस्तै महानगरको उपसभापतिमा बुद्धिकान्त न्यौपाने र विजय घले विजयी भए। उनीहरूले क्रमशः ६६१ र ५५६ मत ल्याई विजयी भएका हुन्। सचिवमा कृष्ण बगाले र प्रनिसा गुरुङ विजयी भएका छन्। उनीहरुले क्रमशः ४५६ र ५६४ मत ल्याएका थिए। 

सहसचिवमा उपेन्द्र पण्डित र कल्पना खड्का पौडेल विजयी हुनुभएको छ। उनीहरु क्रमशः ५१३ र ४२० मत ल्याएर विजयी बनेका हुन्।

रत्ननगर नगरपालिकाको कांग्रेस सभापतिमा प्रह्लाद सापकोटा विजयी भए। उनले आफ्ना निकटतम प्रतिस्पर्धी रुपनराज घिमिरेलाई ७८ मत अन्तरले पराजित गरे । सापकोटाले २४६ मत ल्याउँदा घिमिरेले १६७ मत प्राप्त गरे। उपसभापति अपिल अधिकारी र कमला अधिकारी, सचिवमा अनिता अधिकारी र तीर्थराज सुवेदी, सहसचिवमा अमृत मल्ल र रामचन्द्र पौडेल विजयी भएका छन्।
 
पूर्वी चितवनको कालिका नगरपालिकामा दिपेश्वर केसी विजयी भएका छन्। केसीले आफ्ना निकटतत प्रतिस्पर्धी लीलाबहादुर गुरुङलाई १० मत अन्तरले पराजित गरेका हुन्। उनले ११२ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी लीलाबहादुर गुरुङले १०२ मत प्राप्त गरे।
 
यस्तै उपसभापतिमा चेतबहादुर गुरुङ र जेएन महतो विजयी हुनुभएको छ। सचिवमा राजन रेग्मी र फडिन्द्र लामिछाने, सहसचिवमा योजना न्यौपाने अधिकारी र विश्वास अर्याल विजयी भए। राप्ती नगरपालिकामा भएको निर्वाचनमा देवेन्द्र लामा विजयी भए। उनले आफ्ना प्रतिस्पर्धीलाई ४० मत अन्तरले पराजित गरेका हुन्।

लामाले १२७ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नारायण उप्रेतीले ८७ मत ल्याए। राप्तीको उपसभापतिमा अनिता खरेल र कृष्णप्रसाद पाण्डे विजयी भएका छन्। सचिवमा राजकुमार सिलवाल र लक्ष्मी कँडेल विजयी हुनुभएको छ। सहसचिवमा मनोज तामाङ र तारामाया प्रजा विजयी भएका छन्।
 
खैरहनी नगरसभापतिमा गुणराज श्रेष्ठ विजयी भएका छन्। मत परिणामअनुसार उहाँको प्रतिस्पर्धी शशी खनियाँलाई पराजीत गर्दै श्रेष्ठ विजयी भएका हुन्। श्रेष्ठले १४५ मत ल्याएर विजयी हुँदै गर्दा खनियाँले १४२ मत ल्याउनुभएको छ।
 
माडी नगरपालिकामा पुनःकोमलनाथ भुसालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनमा भुसालले आफ्ना निकटतम प्रतिस्पर्धी खेम महतोलाई तीन मत अन्तरले पराजित गरेका हुन्। माडीको उपसभापतिमा गणेश पौडेल र मायाराम अधिकारी, सचिवमा अपिल अधिकारी र लोकनाथ लामिछाने, सहसचिवमा इन्द्र चापागाईं र दिक्षा भट्टराई विजयी भएका छन्।
 
जिल्लाको एक मात्रै गाउँपालिका इच्छाकामनाको सभापतिमा कृतिकुमार श्रेष्ठ विजयी भएका छन्। प्रतिद्वन्द्वी विष्णुकुमार कुँवरलाई चार मतान्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन्। खसेको कूल मतमध्ये ६६ मत प्राप्त गर्दै श्रेष्ठ विजयी हुनुभएको हो। कुँवरले ६२ मत प्राप्त गरे। 

उपसभापतिमा देवलाल गुरुङ र दिपक खनाल, सचिवमा तुलबहादुर गुरुङ र हिरा गुरुङ, सहसचिवमा उत्तमकुमार गुरुङ र सुधीर अधिकारी निर्वाचत भएका  छन्। जिल्लाका सातै पालिकामा मतदानद्वारा नेतृत्व चयन गरिएको हो।

प्रकाशित मिति: १३:१७ बजे, सोमबार, असोज ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्