ककपिटमा धुवाँ देखिएपछि पोखरा नपुगी काठमाडौं फर्काइयो बुद्ध एयरको जहाज
समस्या समाधान गरेर उक्त जहाज फेरि पोखरा गएको जनाइएको छ। सो जहाजमा गम्भीर समस्या केही नदेखिएको तर चालक दलले जोखिम लिन नचाहँदा जहाज फर्काएको बुद्ध एयरले जनाएको छ।
काठमाडौं, असोज ११ : ककपिटमा धुँवा देखिएपछि पोखराका लागि उडेको बुद्ध एयरको जहाज काठमाडौं फर्किएको छ।
बिहान साढे ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको '९ एन-एजेओ' जहाज पोखरा नपुगी बीचबाटै फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ।
समस्या समाधान गरेर उक्त जहाज फेरि पोखरा गएको जनाइएको छ। सो जहाजमा गम्भीर समस्या केही नदेखिएको तर चालक दलले जोखिम लिन नचाहँदा जहाज फर्काएको बुद्ध एयरले जनाएको छ।
आजै बिहान काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरकै अर्को जहाज ल्यान्डिङ गेयर नखुलेपछि काठमाडौं फर्काइएको थियो।
प्रकाशित मिति: १२:५५ बजे, सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार