Kathmandu Press

सुनको मूल्यमा ३ सय रुपैयाँ वृद्धि

काठमाडौं, असोज ११ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु. ३०० ले बढेको छ। छापावाल सुन आइतबार प्रतितोला रु. ८९ हजारमा कारोबार भएको...
सुनको मूल्यमा ३ सय रुपैयाँ वृद्धि

काठमाडौं, असोज ११ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु. ३०० ले बढेको छ। छापावाल सुन आइतबार प्रतितोला रु. ८९ हजारमा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. ८९ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु. ८८ हजार ८५० तोकिएको छ। तेजाबी सुन आइतबार प्रतितोला रु. ८८ हजार ५५० मा कारोबार भएको थियो। 

महासङ्घका अनुसार चाँदीको मूल्य आइतबारका तुलनामा आज प्रतितोला रु. १० ले बढेको छ। आइतबार प्रतितोला रु. १ हजार १५० मा कारोबार भएको चाँदी  आज प्रतितोला रु. १ हजार १६० तोकिएको हो।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ७५९ दशमलव १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जुन समयसमयमा परिवर्तन भइरहन्छ। 

प्रकाशित मिति: १२:२७ बजे, सोमबार, असोज ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्