Kathmandu Press

एमालेको अवरोधबीच राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित

प्रमुुख प्रतिपक्षी दल एमालेले सोमबार पनि अवरोध कायमै राखेको छ। एमालेको अवरोधबीच ‘आर्थिक विधेयक, २०७८’ पारित भएको छ।
एमालेको अवरोधबीच राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं, असोज ११ : प्रमुुख प्रतिपक्षी दल एमालेले सोमबार पनि अवरोध कायमै राखेको छ ।

एमालेको अवरोधबीच ‘आर्थिक विधेयक, २०७८’ पारित भएको छ ।

एमालेको अवरोध कायम रहेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई ‘आर्थिक विधेयक, २०७८’माथि दफावार छलफलका लागि प्रस्ताव गर्न अनुमति दिएका थिए । मन्त्री शर्माले प्रस्ताव प्रस्तुत गरेपछि दफावार छलफलका लागि अगाडि बढाएका थिए ।

छलफलमा कुनै सांसदले सहभागिता नाम नटिपाएपछि छलफल टुंगिएको घोषणा अध्यक्ष तिमिल्सिनाले गरेका थिए । र, आर्थिक विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । विधेयक बहुमतका आधारमा पारित भएको छ ।

प्रकाशित मिति: ११:२१ बजे, सोमबार, असोज ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्