Kathmandu Press

आकस्मिक अवतरण गराइएको बुद्ध एयरको जहाजमा ल्यान्डिङ इन्डिकेटरमा समस्या, सामान्य ढंगबाट भयो अवतरण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको बुद्ध एयरको जहाजमा ल्यान्डिङ इन्डिकेटरमा समस्या रहेको खुलेको छ ।
आकस्मिक अवतरण गराइएको बुद्ध एयरको जहाजमा ल्यान्डिङ इन्डिकेटरमा समस्या, सामान्य ढंगबाट भयो अवतरण

काठमाडौं, असोज ११ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको बुद्ध एयरको जहाजमा ल्यान्डिङ इन्डिकेटरमा समस्या रहेको खुलेको छ ।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार ल्यान्डिङ गियरमा नभई इन्डिकेटरमा मात्र समस्या देखिएको हो ।

‘जहाज सामान्य प्रक्रियाबाट अवतरण भएको छ, फोर्स ल्यान्डिङ गराउनु परेन,’ शेर्पाले काठमाडौं प्रेससँग भने ।

बुद्ध एयरको केन्द्रीय कार्यालयका अनुसार इन्डिकेटरमा मात्र समस्या भएकाले फोर्स ल्यान्डिङका विधि पूरा गर्नु परेन । ‘चालक दलका सबै सदस्य र यात्रुहरू सकुशल छन्,’ बुद्ध एयरका एक उच्च अधिकारीले काठमाडौं प्रेससँग भने ।

एटीआर-७२ मोडेलको जहाजमा चालक दलका ४ सदस्यसहित ७७ जना सवार थिए ।

प्रकाशित मिति: ११:०९ बजे, सोमबार, असोज ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्