ल्यान्डिङ गियर नखुलेकाले त्रिभुवन विमास्थलमा बुद्ध एयरको जहाज आकस्मिक अवतरण
काठमाडौंबाट विराटनगरका लागि उडेर बुद्ध एयरको जहाज ल्यान्डिङ गियर नखुलेपछि काठमाडौं नै फर्किएको छ ।
काठमाडौं, असोज ११ : काठमाडौंबाट विराटनगरका लागि उडेर बुद्ध एयरको जहाज ल्यान्डिङ गियर नखुलेपछि काठमाडौं नै फर्किएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘ट्राफिक डिक्लरेसन कार्यालय’का अनुसार भरखरै उक्त जहाजलाई आकस्मिक अवतरण गराइएको छ ।
जहाजमा सवार चालक दलका सदस्य र सबै यात्रु सुरक्षित रहेको कार्यालयले जानकारी दिएको छ ।
‘९ एन-एएनआई’ कलसाइनको उक्त जहाज क्याप्टेन एजी शेर्पाको कमान्डमा थियो ।
प्रकाशित मिति: १०:३६ बजे, सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











