Kathmandu Press

पोखरीमा डुबेर दाजुबहिनीको मृत्यु

चन्द्रपुर, साउन १५ : राैतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियास्थित ईटा भट्टाको पोखरीमा डुबेर एकै परिवारका दाजुबहिनीको मृत्यु भएको छ। 

पोखरीमा डुबेर दाजुबहिनीको मृत्यु
सांकेतिक

चन्द्रपुर, साउन १५ : राैतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियास्थित ईटा भट्टाको पोखरीमा डुबेर एकै परिवारका दाजुबहिनीको मृत्यु भएको छ। 

मृत्यु हनेमा सर्लाहीको हरिपुर नगरपालिका–४ स्थायी घर भई डुमरियामा बस्दै आएका सञ्जय साहका ११ वर्षीय छोरा अनिस साह र आठ वर्षीय छोरी कल्पना साह रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। साह परिवार डुमरियामा मोटरसाइकल ग्यारेज खोलेर बस्दै आएका थिए। 

मृतक परिवारका अनुसार, बुधबार विप्लव समूहको बन्दका कारण शैक्षिक संस्था नखुलेपछि ईटा भट्टाले बनाएको खाल्टोमा जमेको पानीमा खेल्न जाँदा  दाजुबहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुको शव परीक्षणका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ। 

प्रकाशित मिति: १९:५४ बजे, बुधबार, साउन १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्