Kathmandu Press

दशैंका लागि आजबाट अग्रिम टिकट बुकिङ खुल्ला

काठमाडौं, असोज ११ : दशैंका लागि आजबाट अग्रिम टिकट बुकिङ गर्न सुरु भएको छ।आज बिहान ७ बजेदेखि लामो तथा मध्यम दूरकिा बसको अग्रिम...
दशैंका लागि आजबाट अग्रिम टिकट बुकिङ खुल्ला

काठमाडौं, असोज ११ : दशैंका लागि आजबाट अग्रिम टिकट बुकिङ गर्न सुरु भएको छ।

आज बिहान ७ बजेदेखि लामो तथा मध्यम दूरकिा बसको अग्रिम टिकट बुकिङ सुरु भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्यप्रसाद सिटौलाले बताए।

यसका लागि काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा  टिकट काउन्टर थपिएको छ। नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा टिकट काउन्टर थपेको जनाएको छ।

ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पंकज मल्लले अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थप गरिएको बताए। नयाँ बसपार्कबाट अहिले ३२ टिकट काउन्टरमार्फत टिकट प्रदान गरिँदै आएको थियो।

नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन्। दशैंका लागि थप बसको व्यवस्था गरिने महासंघले जनाएको छ।

प्रकाशित मिति: ०९:०५ बजे, सोमबार, असोज ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्