Kathmandu Press

सुदूरपश्चिम प्रदेशमा सातामै न्यून सङ्क्रमण

सुदूरपश्चिम, असोज १० : सुदूरपश्चिम प्रदेशमा आज गएको एक हप्तायताकै सबैभन्दा कममा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ। यहाँ आज १० जनामा मात्रै...
सुदूरपश्चिम प्रदेशमा सातामै न्यून सङ्क्रमण
Hardik ivf

सुदूरपश्चिम, असोज १० : सुदूरपश्चिम प्रदेशमा आज गएको एक हप्तायताकै सबैभन्दा कममा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ। यहाँ आज १० जनामा मात्रै सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।  

यसअघि असोज ३ गते यस प्रदेशमा चार जनामा मात्रै सङ्क्रमण देखिएको थियो। त्यसयता सङ्क्रमणदर बढ्दै गएकामा आज घटेको हो। असोज ४ गते ५३, असोज ५ गते ३९, असोज ६ गते ३८, असोज ७ गते ४६, असोज ८ गते ३४ र असोज ९ गते २१ जनामा सङ्क्रमण पुष्टि भएको थियो। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ८७२ जनाको नमूना परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको छ। सात जनामा एन्टिजेन र तीन जनामा पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो। 

पीसीआर विधिमार्फत डडेल्धुरा अस्पतालमा दुई र महाकाली अस्पतालमा एक जनामा तीन जनामा सङ्क्रमण पुष्टि हुँदा एन्टिजेनमा कञ्चनपुरका छ र बैतडीका एक जनामा सङ्क्रमण देखिएको हो। यस्तै गएको २४ घण्टामा प्रदेशभर २५ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन। यसअघि शनिबार यस प्रदेशमा २१ जनामा सङ्क्रमण पुष्टि हुँदा ४१ जना सङ्क्रमणमुक्त भएका छन्। 

प्रकाशित मिति: २०:३८ बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्