प्रदेश २ सरकारले विश्वासको मत लिनु पर्दैन?
काठमाडाैं, असोज १० : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर अल्पमता परेको एक महिना नाघ्दा पनि विश्वासको...
काठमाडाैं, असोज १० : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर अल्पमता परेको एक महिना नाघ्दा पनि विश्वासको मत लिएका छैनन्।
संवैधानिक प्रावधानअनुसार अल्पमतमा परेको सरकारले विश्वासको मत लिनु पर्छ। हुन त जसपा फुटे पनि नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी सरकारमा सहभागी भइसकेकाले राउत नेतृत्वको सरकारलाई विश्वासको मत लिन समस्या छैन्।
संविधानको धारा १८८ को उपधारा २ अनुसार सत्तारुढ दल विभाजन भएमा वा सत्ता साझेदार दलहरूमध्ये कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र सरकारले विश्वासको मत लिनुपर्ने उल्लेख छ।
जसपाबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई गत भदौ ९ गते निर्वाचन आयोगले मान्यता दिइसकेको छ ।
प्रकाशित मिति: २०:०२ बजे, आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











