गण्डकी प्रदेशमा थपिए १९२ कोरोना संक्रमित, ४ जनाको मृत्यु
काठमाडौं, असोज १० : गण्डकी प्रदेशमा थप १९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २५६ जनाको नमुना परिक्षण गरिएकामा १९२ जनामा संक्रमण देखिएको हो ।
प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्र अनुसार कास्की १२४,स्याङ्जा १३, म्याग्दी ७,पर्वत २, गोरखा ३१,लमजुङ १०, तनहुँ ३ र नवलपरासी पूर्वमा २ जनामा संक्रमण देखिएको हो ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८५ हजार २३४ पुगेको छ । यस्तै, गण्डकीमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा पोखरा–१ का ७५ बर्षिय पुरुष, पोखरा–१ की ३९ बर्षिय महिला, पोखरा–१० की ३८ बर्षिय महिला र कास्कीको रुपा गाउँपालिका–१ की ९१ बर्षिय महिला रहेका छन्।
योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा २६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८२ हजार ७२४ पुगेको छ ।
त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार १५३ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।