Kathmandu Press

रोजगारीमा इजरायल जान १६ सय जना सिफारिस

काठमाडौं, असोज १० : रोजगारीमा इजरायल जान एक हजार ६ सय जनाको नाम सार्वजनिक भएको छ ।मापदण्ड पूरा गरेर अन्तर्वार्तामा सहभागी...
रोजगारीमा इजरायल जान १६ सय जना सिफारिस

काठमाडौं, असोज १० : रोजगारीमा इजरायल जान एक हजार ६ सय जनाको नाम सार्वजनिक भएको छ ।

मापदण्ड पूरा गरेर अन्तर्वार्तामा सहभागी भएका एक हजार आठ सय तीन जनामध्येबाट वैदेशिक रोजगार विभागले आवश्यक एक हजार ६ सयजनाको नाम सिफारिस गरेको हो।

जस अन्तर्गत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष रहेको विभागले जनाएको छ । इजरायलले नेपाली कामदार लैजाने कोटा भने १४ सय रहेको छ।

अब सिफारिस भएका १६ सयमध्येबाट पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबिए) ले १४ सय योग्य कामदार छान्ने छ । 
 

प्रकाशित मिति: १८:२१ बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्