ओलीको राजनीतिक प्रतिवेदनमाथि भुसालले राखे फरक मत
काठमाडौं, असोज १० : एमाले अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनमाथि उपमहासचिव घनश्याम भुसालले फरक मत राखेका छन्।एमाले केन्द्रीय कमिटीको आज (आइतबार) बसेको तेस्रो दिनको...
काठमाडौं, असोज १० : एमाले अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनमाथि उपमहासचिव घनश्याम भुसालले फरक मत राखेका छन्।
एमाले केन्द्रीय कमिटीको आज (आइतबार) बसेको तेस्रो दिनको बैठकमा भुसालले फरक मत राखेका हुन्।
आजको बैठकमा ओृलीले आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिएका थिए। त्यसलगत्तै भुसालले तीन बुँदे फरक मत राखेका हुन्।
भुसालले जनताको बहुदलीय जनवाद (जबज) बारे प्रतिवेदन अस्पष्ट भएको टिप्पणी गरे। संसद विघटनबारे पनि प्रतिवेदनमा प्रस्ट दृष्टिकोण नआएको उल्लेख गरे। समाजवादबारे पार्टी अलमलमा परेको पनि उनको भनाइ थियो।
लामो समय माधव नेपालको समूहमा रहेर पनि पछि एमालेमै अडिएका भुसालले १० सम्झौता कार्यानवयन हुनुपर्ने आवाज उठाउँदै आएका छन्।
प्रकाशित मिति: १७:३७ बजे, आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











