Kathmandu Press

सानिमा बैंकको ‘दसैं धमाका’ योजना : सामान खरिदमा विशेष छुट

काठमाडौं, असोज १० : सानिमा बैंकले अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा आफ्ना ग्राहकहरुका लागि ‘दसैं धमाका’ योजना सार्वजनिक गरेको छ। सानिमा बैंकको डेबिट तथा क्रेडिट...
सानिमा बैंकको ‘दसैं धमाका’ योजना : सामान खरिदमा विशेष छुट

काठमाडौं, असोज १० : सानिमा बैंकले अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा आफ्ना ग्राहकहरुका लागि ‘दसैं धमाका’ योजना सार्वजनिक गरेको छ। 

‘दसैं धमाका’ योजनाअन्तर्गत सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरिएको हो। 

सानिमाको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम  रू. २ हजार ५ सयसम्मको छुट प्राप्त गर्न सक्ने जनाइएको छ। यो योजना यही असोज १० देखि १८ गतेसम्म लागु हुनेछ। 

क्रेडिट कार्ड प्रयोगकर्ताले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी (ईएमआई) को सुविधा पनि प्राप्त गर्न सक्ने जनाइएको छ। सो सुविधा लिँदा ५ सय रुपैयाँ क्यासब्याक पनि प्रदान गर्दै आएको बैंकले जनाएको छ। यो असोज १ देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १०६ ओटा कार्यालय तथा ९७ ओटा एटिएम सञ्चालनमा छन्।  

प्रकाशित मिति: १६:५१ बजे, आइतबार, असोज १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्