Kathmandu Press

चीनमा एमबिबिएस पढेर इन्टर्नसिप नगरेकालाई व्यवस्था मिलाउन निर्देशन

काठमाडौं, असोज १० : प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले चीनमा एमबिबिएस पढेका तर कोरोनाका कारण इन्टर्नसिप गर्न छुटेका विद्यार्थीलाई चीनमै पठाउन सरकारलाई निर्देशन...
चीनमा एमबिबिएस पढेर इन्टर्नसिप नगरेकालाई व्यवस्था मिलाउन निर्देशन

काठमाडौं, असोज १० : प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले चीनमा एमबिबिएस पढेका तर कोरोनाका कारण इन्टर्नसिप गर्न छुटेका विद्यार्थीलाई चीनमै पठाउन सरकारलाई निर्देशन दिएको छ।

समितिको आज (आइतबार) बसेको बैठकले चीनमा एमबिबिएस गरेर इन्टर्नसिप गर्न बाँकी विद्यार्थीको कूटनीतिक पहल गरेर उही नै त्यसको व्यवस्था मिलाउन निर्देशन दिएको हो।

सन् २०१५ र २०१६ ब्याचका एमबिबिएस अध्ययन गरेका विद्यार्थी कोरोना संक्रमण फैलिएपछि इन्टर्नसिप नगरीकनै स्वदेश फकिएका थिए। उनीहरुले इन्टर्नसीप गर्न चीन जान पाउनुपर्ने अन्यथा त्यसको व्यवस्था नेपालमै मिलाउनुपर्ने भनी माग गर्दै आएका छन्।

समितिले यसअघि पनि इन्टर्नसीप गर्न बाँकी विद्यार्थीलाई कूटनीतिक पहलमार्फत चीन पठाउन निर्देशन दिए पनि सो समस्या समाधान नभएपछि आज फेरि निर्देशन दिएको हो।

सरकारले यस विषयमा ध्यान दिनुपर्नेमा समितिका सभापति जयपुरी घर्तीले जोड दिइन्।

प्रकाशित मिति: १४:३८ बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्