Kathmandu Press

एनआरएनए अध्यक्षमा कुल आचार्यले गरे उम्मेदवारी घोषणा

काठमाडौं, असोज १० : गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि अध्यक्षमा कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्।बेलायत निवासी आचार्यले आज (आइतबार)...
एनआरएनए अध्यक्षमा कुल आचार्यले गरे उम्मेदवारी घोषणा

काठमाडौं, असोज १० : गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि अध्यक्षमा कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्।

बेलायत निवासी आचार्यले आज (आइतबार) काठमाडौंमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन्। यसअघिको निर्वाचनमा उनी वर्तमान अध्यक्ष कुमार पन्तसँग पराजित भएका थिए। संघका उपाध्यक्ष रहेका आचार्यले बेलायतबाटै उम्मेदवारी घोषणा गरेका हुन्।

आचार्यले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटन प्रवर्द्धन कार्यक्रम बनाउन संघको तर्फबाट हरेक मुलुकमा सम्बन्धित एनसीसीका अध्यक्षलाई नै पर्यटनदूत घोषणा गर्ने बताएका छन्। उनले यसअघि नै १० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेका छन्। 

गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन तथा महाधिवेशन आगामी असोज २८ देखि ३० गतेसम्म काठमाडौंमा हुँदैछ। महाधिवेशनले दुई वर्षका लागि नेतृत्व चयन गर्नेछ।

प्रकाशित मिति: १४:२१ बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्