विप्लवको नेकपानिकट अखिल (क्रान्तिकारी) मा प्रकाश शाही
काठमाडौं, असोज १० : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) को अध्यक्षमा प्रकाश शाही निर्वाचित भएका छन्। शनिबार पोखरामा सम्पन्न २२औं राष्ट्रिय...
काठमाडौं, असोज १० : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) को अध्यक्षमा प्रकाश शाही निर्वाचित भएका छन्।
शनिबार पोखरामा सम्पन्न २२औं राष्ट्रिय सम्मेलनले १ सय ५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने क्रममा शाहीलाई सर्वसम्वत अध्यक्षमा निर्वाचित गरेको हो।
कमिटी उपाध्यक्ष नरेन्द्र विक, महासचिव मिलन राई, सचिव वीरेन्द्र शाह र कोषाध्यक्षमा रूपा बुढामगरलाई चयन गरिएको छ। केन्द्रीय समितिमा २० महिला समावेश गरिएको संगठनले जनाएको छ।
पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिए। उनले विद्यार्थी संगठनबाट बिदा भएकाहरूलाई पार्टीले अन्य महत्वपूर्ण जिम्मेवारी दिने विश्वास दिलाए।
प्रकाशित मिति: १३:२५ बजे, आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











