Kathmandu Press

एसियामा सहयोग गर्ने अमेरिकी कदमको अफगानिस्तानद्वारा स्वागत

काबुल, असोज १० : अफगानिस्तानको नवगठित तालिबानी प्रशासनले संयुक्त राज्य अमेरिकाले एसियाली देशमा मानवीय सहायता प्रवाह गर्ने कदमको स्वागत गरेको छ।यहाँको परराष्ट्र मन्त्रालयका...
एसियामा सहयोग गर्ने अमेरिकी कदमको अफगानिस्तानद्वारा स्वागत

काबुल, असोज १० : अफगानिस्तानको नवगठित तालिबानी प्रशासनले संयुक्त राज्य अमेरिकाले एसियाली देशमा मानवीय सहायता प्रवाह गर्ने कदमको स्वागत गरेको छ।

यहाँको परराष्ट्र मन्त्रालयका  प्रवक्ता अब्दुल कहार बल्खीले आइतबार जनाएअनुसार अफगानिस्तानको इस्लामिक इमिरेट्सको विदेश मामिला मन्त्रालयले अमेरिकी सरकारी निकायहरूलाई अन्तरराष्ट्रिय र गैरसरकारी संस्थासँगै बैंकहरूले खाना र औषधिको प्रवाहलाई सहज बनाउन अनुमति दिने पछिल्लो निर्णयको स्वागत गरेको हो।   

Hardik ivf

अफगानिस्तानले अमेरिका र अन्य अन्तरराष्ट्रिय संगठनहरू सहित सबै देश अफगानिस्तानको नयाँ सरकारसँग सम्बन्ध स्थापित गर्दै अफगानी जनतालाई मानवीय सहायता प्रदान गर्ने कार्यमा सहयोगी हुने अपेक्षा पनि गरेको छ।

तालिबानी काम चलाउ सरकारका कार्यबाहक परराष्ट्रमन्त्री अमीर खान मुत्ताकीले  अफगानिस्तान छिमेकी लगायत सबै देशसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न चाहेको बताएका छन्।

यसैबीच अमेरिकाले शुक्रबार लाइसेन्स जारी गर्दै अमेरिकी सरकार, गैरसरकारी संस्थाहरू र अन्य केही अन्तरराष्ट्रिय संगठनहरूलाई अफगानिस्तानलाई मानवीय सहायता प्रदान गर्न अनुमति दिएको छ।

यस महिनाको सुरुमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफगानिस्तानमा पूर्ण आर्थिक पतनको सम्भावना ूगम्भीरू रहेको चेतावनी दिदै अफगानिस्तानलाई आर्थिक सहायता उपलब्ध गराउन अन्तरराष्ट्रिय समूदायलाइ आग्रह गरेका थिए।

उनले अफगानिस्तानका लागि १.२ बिलियन अमेरिकी डलर राहत दिने वाचा गर्ने देशहरूलाई छिटो कदम चाल्नसमेत आग्रह गरेका थिए भने तालिबानी अधिकारीहरूले उक्त सहायता पारदर्शी ढंगले लक्ष्यित समूहमा पुर्याउने प्रदिबद्धता पनि व्यक्त गरेका थिए।

प्रकाशित मिति: १२:४८ बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्