Kathmandu Press

चीनको सिचुवानमा पहिरो जाँदा थुप्रै बेपत्ता

बेइजिङ, असोज १० : दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको तियानक्वान काउन्टीमा भारी वर्षाका कारण आइतबार बिहान गएको पहिरामा धेरै मानिसहरू बेपत्ता भएका छन्।आइतबार बिहान १०ः२०...
चीनको सिचुवानमा पहिरो जाँदा थुप्रै बेपत्ता

बेइजिङ, असोज १० : दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको तियानक्वान काउन्टीमा भारी वर्षाका कारण आइतबार बिहान गएको पहिरामा धेरै मानिसहरू बेपत्ता भएका छन्।

आइतबार बिहान १०ः२० बजेसम्म चारजनालाई उद्धार गरिएको छ। तियानक्वानको आपत्कालीन व्यवस्थापन मुख्यालयका अनुसार उद्धार गरिएका मध्ये दुई जना सामान्य घाइते भएका छन् भने अर्का एक जना अचेत अवस्थामा छन्।  त्यसैगरी अर्का एक जना भने उद्धारका क्रममा स्थिर अवस्थामा पाइएका छन्।

तियानक्वानको प्रशासन हेर्ने यान सिटीको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार ती चार जना स्थानीय निर्माण स्थलको अस्थायी छाप्रो भित्र थिए।

आइतबार बिहान पहिरामा परी मानिस बेपत्ता भएको खबर पाएपछि प्रान्तले विभिन्न शहरहरुबाट १०० भन्दाबढी मानिसहरूलाई उद्धारका निम्ति तियानक्वान पठाइएको छ।

प्रकाशित मिति: १२:२८ बजे, आइतबार, असोज १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्