Kathmandu Press

५ दिन अघि कपनको ढलमा खसेका बालकको शव ललितपुरमा भेटियो 

काठमाडौं, असोज १० : काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता रहेका बालकको शव फेला परेको छ। ललितपुरको महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा उनको शव फेला परेको...
५ दिन अघि कपनको ढलमा खसेका बालकको शव ललितपुरमा भेटियो 

काठमाडौं, असोज १० : काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता रहेका बालकको शव फेला परेको छ। 

ललितपुरको महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। गत मंगलबार १० वर्षीय उज्ज्वल विक कपनस्थित ढलमा खसेका थिए।

ढलमा खसेर बेपत्ता भएको ५ दिनपछि उनको शव फेला परेको हो। महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यका अनुसार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

शनिबार साँझ स्थानीयले शव बागमती नदी किनारमा देखेका थिए।

 

प्रकाशित मिति: ११:०८ बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्