Kathmandu Press

कोरोनाबाट बाँकेमा थप दुई जनाको मृत्यु

नेपालगञ्ज, असोज १० : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ।नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना संक्रमितको मृत्यु भएको हो।...
कोरोनाबाट बाँकेमा थप दुई जनाको मृत्यु

नेपालगञ्ज, असोज १० : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ।

नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना संक्रमितको मृत्यु भएको हो। बाँकेको कोहलपुर नगरपालिकाका २२ वर्षीय युवक र बर्दियाको बारबर्दिया नगरपालिकाका ७२ वर्षीय बृद्धको मृत्यु भएको जिल्ला स्वाथ्य कार्यालयले जनाएको छ।

उनीहरुको दुवैको उपचारको क्रममा गएराति अस्पतालमै मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३४ पुगेको छ। यससँगै उपचारका लागि बाहिरी जिल्लाबाट आएका ४१८ जनाको पनि कोरोनाबाट मृत्यु भएको छ।

 

प्रकाशित मिति: ०८:२४ बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्