Kathmandu Press

भ्रष्टाचारमुक्त नेपाल बनाउनुपर्छ : नेता गुरुङ

दमौली, असोज ९ : नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य देव गुरुङले विकासको बाधक भ्रष्टाचार रहेकाले भ्रष्टाचारमुक्त नेपाल बनाउनुपर्नेमा जोड दिएका छन्। माओवादी...
भ्रष्टाचारमुक्त नेपाल बनाउनुपर्छ : नेता गुरुङ
Hardik ivf

दमौली, असोज ९ : नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य देव गुरुङले विकासको बाधक भ्रष्टाचार रहेकाले भ्रष्टाचारमुक्त नेपाल बनाउनुपर्नेमा जोड दिएका छन्। माओवादी केन्द्र शुक्ला गण्डकी नगरपालिका–१२ ले लामागाउँमा आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रण गर्न सकिएमात्रै नेपालको विकास र समृद्धि सम्भव रहेको उल्लेख गरे। 

भ्रष्टाचार र कमिशनले देश ध्वस्त भएको उल्लेख गर्दै गुरुङले भने, ‘भ्रष्टाचारले अन्तर्राष्ट्रियस्तरमा नेपाल बदनाम भइरहेको छ, यसलाई न्यूनीकरण गर्नुपर्छ।’ हरेक कुरामा नेपाललाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिँदै उनले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी हुनुपर्ने टिप्पणी गरे। कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर चुमान, केन्द्रीय सदस्य आशा कोइराला, शुक्लागण्डकी नगर कमिटीका सचिव मनराज गुरुङलगायतले माओवादी सङ्गठन सुदृढीकरण गर्दै आगामी निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने जिकिर गरे। 

प्रकाशित मिति: २०:४७ बजे, शनिबार, असोज ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्