सुदूरपश्चिम प्रदेशमा ४१ जना सङ्क्रमणमुक्त, एकको मृत्यु

सुदूरपश्चिम, असोज ९ : सुदूरपश्चिम प्रदेशमा आज थप २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट एक हजार ४४ जनाको नमूना परीक्षण गर्दा २१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। सबैमा पिसीआर विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो।
सेती प्रादेशिक अस्पतालमा १८ र डडेल्धुरा अस्पतालमा तीन जनामा सङ्क्रमण पुष्टि भएको हो। यस्तै गएको २४ घण्टामा प्रदेशभर ४१ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अछामका २८ वर्षीय पुरुष छन्। यसअघि शुक्रबार यस प्रदेशमा ३४ जनामा सङ्क्रमण पुष्टि हुँदा सात जना निको भएका थिए।
प्रकाशित मिति: १८:५८ बजे, शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)