प्रदेश नं १ मा ३२२ मा कोरोना सङक्रमण

विराटनगर, असोज ९ : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ को मोरङमा सबैभन्दा बढी ७७ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। सोही अवधिमा पालिकामध्येमा विराटनगरमा ३९ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सुनसरीमा ४८, झापामा ३०, धनकुटामा पाँच, खोटाङ र इलाममा दुई/दुई, सङ्खुवासभा र पाँचथरमा एक/एक तथा प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो। सो अवधिमा ७२५ जनाको पिसीआर परीक्षण गर्दा १६९ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १५३ गरी कूल ३२२ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।
प्रदेशमा आजै १५० महिलासहित २६५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सोही अवधिमा दुई महिलासहित पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १८:५७ बजे, शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












