बागलुङमा लालबहादुर थापाको अध्यक्षतामा बन्यो एकीकृत समाजवादी कमिटी
बलेवा, असोज ९ : नेकपा (एकीकृत समाजवादी) बागलुङको अध्यक्षमा लालबहादुर थापा सर्वसम्मत चयन भएका छन्।बागलुङ बजारमा आज सम्पन्न भेलाले उनको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला...
बलेवा, असोज ९ : नेकपा (एकीकृत समाजवादी) बागलुङको अध्यक्षमा लालबहादुर थापा सर्वसम्मत चयन भएका छन्।
बागलुङ बजारमा आज सम्पन्न भेलाले उनको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो। कमिटी उपाध्यक्ष केशर छन्त्याल चयन भएका छन्।
महिला उपाध्यक्षको पद खाली छ। सचिवमा भरत पुरी र उपसचिवमा चक्रबहादुर थापा चयन भएको निर्वाचन समितिका संयोजक श्रीप्रसाद शर्माले जानकारी दिए।
जिल्ला भेला आयोजक कमिटीको संयोजक थापालाई भेलाले अध्यक्षमा निर्वाचित गरेको हो। भेलामा निर्वाचन समितिले प्रस्तुत गरेका सबै नामावली सर्वसम्मत रूपमा पारित भएका थिए।
त्यस्तै भेलाले पार्टीका जनवर्गीय सङ्गठनमा नेतृत्व घोषणा गरेको छ। युवा सङ्घ बागलुङमा प्रदीप जिसी, पेसागत महासंघमा रीता राना र अखिल नेपाल महिला संघ क्षेत्र १ मा सीता छन्त्याल थापाको नेतृत्वमा कमिटी घोषणा भएको हो।
प्रकाशित मिति: १७:४२ बजे, शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











