Kathmandu Press

सर्वोच्चको आदेशले एकीकृत समाजवादीलाई सरकारमा जान सहज बनायो : झाँक्री

काठमाडौं, असोज ९ : नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले आफ्नो पार्टी छिट्टै सरकारमा सहभागी हुने बताएकी छन्।आज (शनिबार) विराटनगरमा पत्रकारसँग कुराकानी...
सर्वोच्चको आदेशले एकीकृत समाजवादीलाई सरकारमा जान सहज बनायो : झाँक्री

काठमाडौं, असोज ९ : नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले आफ्नो पार्टी छिट्टै सरकारमा सहभागी हुने बताएकी छन्।

आज (शनिबार) विराटनगरमा पत्रकारसँग कुराकानी गर्दै  उनले आफूहरुविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा किनारा लागेकाले अब सरकारमा सहभागी हुन सहज भएको स्पष्ट पारिन्।

Hardik ivf

सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध परेको रिटमा शुक्रबार सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

सर्वोच्चले रिटको पक्षमा आदेश दिन अस्वीकार गरेसँगै अब सरकारमा सहभागी हुने र पार्टी काम अघि बढाउन सजिलो हुने उनको भनाइ थियो।

अब पार्टीका विभिन्न तहका कमिटी गठनलाई विस्तार गर्ने पनि सचिव झाँक्रीले बताइन्। उनले प्रदेश १ र वाग्मती प्रदेशमा पनि छिट्टै सरकार परिवर्तन हुने दाबी गरिन्।
 

प्रकाशित मिति: १५:५९ बजे, शनिबार, असोज ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्