Kathmandu Press

राष्ट्रसंघीय महासभामा पाकिस्तान र भारतबीच आरोप-प्रत्यारोप

न्युयोर्क, असोज ६ : संयुक्त राष्ट्रसंघीय महासभामा पाकिस्तान र भारतबीच चर्काचर्की परेको छ।पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि मुस्लिमविरुद्ध...
राष्ट्रसंघीय महासभामा पाकिस्तान र भारतबीच आरोप-प्रत्यारोप

न्युयोर्क, असोज ६ : संयुक्त राष्ट्रसंघीय महासभामा पाकिस्तान र भारतबीच चर्काचर्की परेको छ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि मुस्लिमविरुद्ध आतंक मच्चाउन नछाडेको आरोप लगाएपछि भारतले पनि त्यसको कडा प्रतिवाद गरेको छ।

Hardik ivf

प्रधानमन्त्री इमरानको जवाफमा भारतीय कूटनीतिज्ञ एवं भारतीय मिसनकी प्रथम सचिव स्नेहा दुबेले ‘अलकायदाको जयजयकार’ भनेर कडा टिप्पणी गरिन्।

पाकिस्तानी प्रधानमन्त्री खानले महासभा बैठकमा भारतले ‘मुस्लिममुक्त अभियान’ चलाएको आरोप लगाए। मोदीकै कारण मुस्लिमको भूमि कास्मिर अस्तित्व नामेट भएको पनि आरोप प्रधानमन्त्री खानले लगाए।

दुबेले खानविरुद्ध कडा जवाफ दिँदै पाकिस्तान अलकायदाका ओसामा बिन लादेनलाई सुरक्षा दिएर जयजयकार गरेको आरोप उनले लगाएकी थिइन्। पाकिस्तानले आफ्नो आँगनमा आतंकवादी हुर्काउने गरेको दुबेले बताइन्। (एजेन्सी)

प्रकाशित मिति: १४:४७ बजे, शनिबार, असोज ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्