राष्ट्रसंघको महासभामा विश्वका नेताहरूले के भने?
संयुक्त राष्ट्रसंघ, असोज ९ : प्रत्येक वर्ष आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा विश्वका नेताहरूले आआफ्ना क्षेत्रसँग सम्बन्धित विषयलाई जोडतोडका साथ उठाउने गर्छन्। प्रत्येक...
संयुक्त राष्ट्रसंघ, असोज ९ : प्रत्येक वर्ष आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा विश्वका नेताहरूले आआफ्ना क्षेत्रसँग सम्बन्धित विषयलाई जोडतोडका साथ उठाउने गर्छन्।
प्रत्येक वर्ष यस्ता केही आवाज हाबी हुने गर्दछन् र विश्व राजनीतिक मञ्चमा तरंगसमेत पैदा गर्दछन्। यहाँ एसोसिएटेड प्रेसले केही फरक आवाज र दृष्टिकोणलाई प्रस्तुत गरेको छ।
कोरोना महामारीको लामो सङ्कटले गुज्रिरहेको विश्वको वर्तमान अवस्थामा महासभाको चौथो दिन शनिबार विभिन्न देशका नेतृत्व तहबाट यस्ता अभिव्यक्त विचारहरूले अखबारका पानाहरू भरिएका छन् र नयाँ विचारलाई पस्केका छन्। केही प्रतिनिधि विचारलाई यहाँ प्रस्तुत गरिएको छ।
महासभालाई सम्बोधन गर्दै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आप्रवासी कामदारको विषयलाई जोडतोडले उठाएकी छन्। ‘आप्रवासीहरू महामारीको बेला स्वास्थ्य र अन्य आपतकालीन सेवाहरूमा अग्रपंक्तिमा खटिएर सेवा दिइरहेका छन् तर पनि उनीहरूमध्ये धेरैलाई जागिर गुमाउनुपरेको छ,’ उनले भनिन्, ‘तलब कटौती को समस्या बेहोर्नुपरेको छ, स्वास्थ्य र अन्य सामाजिक सेवाहरूमा पहुँचको अभाव भएको छ। अनि जबर्जस्ती फिर्ताका कारण कडा चोट बेहोरिरहेका छन्।’
त्यसैगरी माल्टाका प्रधानमन्त्री रोबर्ट अबेलाले द्वन्द्व र यसको बालबालिका माथि पर्ने असरलाई विशेष रूपले उठाउनुभएको छ। ‘द्वन्द्वले धेरै मानिसको जीवनलाई असर गर्छ, जसका कारण हामी हजारौं बच्चालाई असफलताको बाटोमा डोराइरहेका छौं,’ उनले भने, ‘हामी उनीहरूलाई हिंसा, क्रूरता, हानिबाट र उनीहरुको पूर्ण क्षमता साकार पार्नबाट जोगाउन असफल भएका छौं। हामी उनीहरूको बच्चा हुने अधिकारको समेत रक्षा गर्न असफल भएका छौं।’
जर्जियाका प्रधानमन्त्री इराक्ली गरिबाशभिल्ली विश्वभरमा प्रजातन्त्र संकटमा पर्दै गएको विषयलाई उठाउनुभएको छ। ‘अन्तिम पटक जब हामी यहाँ संयुक्त राष्ट्रसंघमा प्रत्यक्ष भेटेका थियौं, संसारभरिका प्रजातन्त्रहरू दबाबमा परेको अनुभूत गरेका थियौं र आज पनि तर्कहीन र अँध्यारो शक्तिहरू त्यस्मै व्यस्त छन्,’ उनले भने।
लक्जेबर्गका प्रधानमन्त्री जेभियर बेटेलको भने अलिक फरक टिप्पणी गरे। उनेले भने, ‘हामीसँग आशा र विश्वास छैन भने जनताले हरेक कुरामाथि विश्वास गर्न छोड्नेछन्,’ उनले भने।
त्यसैगरी बेलिजका प्रधानमन्त्री जाँन ब्रेसिनोले भने अझ कडा टिप्पणी गर्दै भनेकान छन्, ‘हामी सेप्टेम्बर २०२२ मा थप निष्क्रिय हुँदै अर्को वर्ष अरू शोक व्यक्त गर्न यस ठूलो हल मा नफर्कौं। एकपक्षीयता, राष्ट्रवाद र असफल सामूहिक कारबाहीको विरोध गर्न यस हलमा कदापि नफर्कौं।’




-(7)-1765197040.jpg)







-1763799581.jpg)