Kathmandu Press

प्राइम लाइफले १५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, असोज ९ : प्राइम लाइफ इन्स्योरेन्सले १५.८७ प्रतिशत लाभांश दिने भएको छ।उक्त इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांशस्वरूप १५ प्रतिशत...
प्राइम लाइफले १५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, असोज ९ : प्राइम लाइफ इन्स्योरेन्सले १५.८७ प्रतिशत लाभांश दिने भएको छ।

उक्त इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांशस्वरूप १५ प्रतिशत बोनस सेयर र ०.८७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

सोही आर्थिक वर्षमा आर्जन गरेको मुनाफाबाट १५.८७ प्रतिशत लाभांश दिने निर्णय कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गरेको हो।

समितिले अघि सारेको सो प्रस्ताव इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गर्ने बाटो खुल्नेछ।

प्रकाशित मिति: १४:०५ बजे, शनिबार, असोज ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्