Kathmandu Press

नाडाको ४५औं वार्षिक साधारण सभा मंसिर २२ र २३ मा 

काठमाडौं, असोज ९ : नाडा अटोमोबाइल्स एसोसिएसनको ४५औं वार्षिक साधारण सभा आगामी मंसिर २२ र २३ गते हुने भएको छ।नाडाको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति...
नाडाको ४५औं वार्षिक साधारण सभा मंसिर २२ र २३ मा 

काठमाडौं, असोज ९ : नाडा अटोमोबाइल्स एसोसिएसनको ४५औं वार्षिक साधारण सभा आगामी मंसिर २२ र २३ गते हुने भएको छ।

नाडाको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले साधारण सभाको मिति तय गरेको हो। साधारण सभा तथा निर्वाचन सोल्टी होटलमा हुने नाडाले जनाएको छ।

नाडाको प्रत्येक दुई वर्षमा अध्यक्षलगायत संस्थागत तथा साधारण गरी २७ केन्द्रीय कार्यसमितिको निर्वाचन हुने संशोधित विधान २०७८ मा व्यवस्था गरिएको छ। 

नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एसोसिएसनसमेत गठन गरिसकेको छ।

प्रकाशित मिति: १३:२७ बजे, शनिबार, असोज ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्