Kathmandu Press

सेयरबजारमा पूँजीगत लाभकरको विवादमा अन्त्य, अब कता जाला नेप्से?

काठमाडौं, साउन १५ : सेयर बजारमा पूँजीगत लाभकरको विवाद अन्त्य भएको छ। अर्थमन्त्रालयले लगानीकर्ताहरूको सहमतिमा सेयर बजारको पूँजीगत लाभरको विवाद टुंग्याए....

सेयरबजारमा पूँजीगत लाभकरको विवादमा अन्त्य, अब कता जाला नेप्से?

काठमाडौं, साउन १५ : सेयर बजारमा पूँजीगत लाभकरको विवाद अन्त्य भएको छ। अर्थमन्त्रालयले लगानीकर्ताहरूको सहमतिमा सेयर बजारको पूँजीगत लाभरको विवाद टुंग्याएको हो।

अर्थमन्त्रालयको वित्तीय व्यवस्थापन महाशाखा प्रमुख तोयम रायको नेत्रृत्वमा भएको दुईपक्षीय छलफलमा सहमति भएको हो । बुधबार बिहान भएको दुईपक्षीय छलफलमा पूँजीगत लाभकरको अन्योलता हटाइएको हो।

छलफलमा मन्त्रालयले २०५८ देखि २०७६ असारभित्र भएका कारोबारको औषत मूल्य निकालेर लागत मूल्य तय गर्न सहमति समेत भएको छ।

यसअनुसार २०५८ देखि २०७६ असारभित्र सबैभन्दा अधिकतम र सबैभन्दा न्यूनतम मूल्यको आधारमा औषत मूल्य निर्धाण हुने गरी सहमति भएको नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताइन्।

लगानीकर्ताले २०५८ देखि गत असार मसान्तसम्म खरिद गरेको सेयरको लागत मूल्य सिडिएससीले निकाल्ने समेत उनले जानकारी दिइन।

सहमतिअनुसार असारयता बिक्री भएका सेयरको लागत भारित औषतभन्दा कम निस्किएमा कर तिर्नु पर्ने छैन। यस महिनादेखि भएका कारोबारको हकमा भने वास्तविक मूल्यमै कर निर्धाण हुनेगरी सहमति भएको छ।

 

प्रकाशित मिति: १३:२९ बजे, बुधबार, साउन १५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्