Kathmandu Press

एमाले केन्द्रीय कमिटी बैठक जारी, राजनीतिक प्रस्तावमाथि छलफल हुँदै  

काठमाडौं, असोज ९ : एमाले केन्द्रीय कमिटीको बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी छ।शुक्रबार सुरु भएको बैठकको दोस्रो दिन आज विधान अधिवेशनमा...
एमाले केन्द्रीय कमिटी बैठक जारी, राजनीतिक प्रस्तावमाथि छलफल हुँदै  

काठमाडौं, असोज ९ : एमाले केन्द्रीय कमिटीको बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी छ।

शुक्रबार सुरु भएको बैठकको दोस्रो दिन आज विधान अधिवेशनमा पेस गरिने दस्तावेजबारे छलफल भइरहेको बताइएको छ।

एमालेको विधान अधिवेशन यही असोज १५ देखि १७ गतेसम्म हुन लाग्दैछ। बैठकमा अध्यक्ष केपी ओलीले अघिल्लो दिनकै राजनीतिक प्रस्ताव पेस गरिसकेका छन्। एमालेको सांगठनिक संरचना र विधान संशोधनबारे छलफलका लागि १० वटा समूह पनि विभाजन गरिसकिएको छ। 

समूहका टोली नेताले आज छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको एक नेताले बताए। 

बैठकमा पेस गरिएको दस्तावेजमा एमालेको सांगठनिक संरचना संघीय संरचनाअनुकूल बनाउन विधान संशोधन गर्ने प्रसताव गरिएको छ।
 
केन्द्रीय कमिटीबाट पारित दस्तावेज आगामी विधान अधिवेशनमा प्रस्तुत गरिने ती नेताले बताए।

प्रकाशित मिति: १२:३९ बजे, शनिबार, असोज ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्