Kathmandu Press

स्वास्थ्य मापदण्ड पालना गरी पालिका अधिवेशनमा सहभागी हुन देउवाको आग्रह

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना गरी पालिका अधिवेशनहरूमा सहभागी हुन पार्टी नेता-कार्यकर्तालाई आग्रह गरेका छन् ।
स्वास्थ्य मापदण्ड पालना गरी पालिका अधिवेशनमा सहभागी हुन देउवाको आग्रह

काठमाडौं, असोज ९ : कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना गरी पालिका अधिवेशनहरूमा सहभागी हुन पार्टी नेता-कार्यकर्तालाई आग्रह गरेका छन् ।

पार्टीको १४औँ महाधिवेशन तयारीका लागि शनिबारदेखि कांग्रेसका पालिकास्तरका समितिहरूको अधिवेशन सुरु भएको छ ।

‘आजदेखि सुरु भएको नगर र ३गाउँपालिका अधिवेशनको प्रक्रियामा सहभागी कांग्रेसका नगर र गाउँ प्रतिनिधि साथीहरूलाई हार्दिक स्वागत तथा शुभकामना । कोभिड–१९ महामारीको समयमा स्वास्थ्य मापदण्डको पालनागरी अधिवेशनमा सहभागी हुनु हुन अनुरोध गर्छु,’ देउवाले भनेका छन्, ‘तपाईंहरूको पार्टीप्रतिको विश्वास र प्रतिबद्धताले कांग्रेसलाई थप बलियो बनाउने छ । जनताको मन जित्नेगरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु हुनेछ भन्ने अपेक्षा पनि गरेको छु ।’

प्रकाशित मिति: १२:३१ बजे, शनिबार, असोज ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्