Kathmandu Press

सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश दिने

काठमाडौं, असोज ९ : सिटिजन्स बैंकले आफ्ना सेयरधनीहरूलाई १६ प्रतिशत लाभांश दिने भएको छ।जसमध्ये १२ प्रतिशत बोनस सेयर र ३.०८९ प्रतिशत नगद लाभांश...
सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश दिने

काठमाडौं, असोज ९ : सिटिजन्स बैंकले आफ्ना सेयरधनीहरूलाई १६ प्रतिशत लाभांश दिने भएको छ।

जसमध्ये १२ प्रतिशत बोनस सेयर र ३.०८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव बैंकले गरेको हो।

शुक्रबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले लगानीकर्तालाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बोनस सेयर र नगद लाभांश प्रस्ताव गरेको हो।

आगामी वार्षिक साधारणसभाले सञ्चालक समितको बैठकद्वारा अघि सारिएको प्रस्ताव पारित गरेपछि लगानीकर्ताले बोनस सेयर र नगद लाभांश प्राप्त गर्नेछन्। 

प्रकाशित मिति: १२:११ बजे, शनिबार, असोज ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्