Kathmandu Press

स्रोत नखुलेको ९५ लाखसहित  दुई भारतीय नागढुंगाबाट पक्राउ 

काठमाडौं, असोज ९ : चितवनबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसबाट प्रहरीले दुई जना भारतीय नागरिकलाई ९५ लाखसहित पक्राउ गरेको छ।प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले...
स्रोत नखुलेको ९५ लाखसहित  दुई भारतीय नागढुंगाबाट पक्राउ 

काठमाडौं, असोज ९ : चितवनबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसबाट प्रहरीले दुई जना भारतीय नागरिकलाई ९५ लाखसहित पक्राउ गरेको छ।

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले ग१ख ६६४५ नम्बरको यात्रुबाहक बसमा सवार दुई जनालाई शुक्रबार स्रोत नखुलेको उक्त रकमसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

पक्राउ पर्नेमा भारत मुम्बई महाराष्ट्र प्रदेश सङ्ली जिल्ला थाना घर बताउने २६ वर्षीय सागर माली र सोही ठाउँबाट १९ वर्षीय कूष्ण अढाडे छन्।

मालीको साथबाट ४५ लाख र अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद भएको प्रहरी उपरिक्षक रमेश कुमार वस्नेतले जानकारी दिए । 

स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ। पक्राउ परेका दुबैलाई परिसरले हिरासतमा राखेर अनुसन्धान सुरू गरेको छ।

पक्राउ परेकालाई आइतबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: ११:३२ बजे, शनिबार, असोज ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्