सुदूरपश्चिमी पहाडमा भूकम्पको धक्का
बैतडी, असोज ९ : बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा गएराति भूकम्प गएको छ।राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा...
बैतडी, असोज ९ :बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा गएराति भूकम्पको धक्का महसुस भएको छ।
राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का महसुस गरिएको हो।
भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ४.४ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु दार्चुलाबाट उत्तरपश्चिम ४० किमी भारतमा रहेको छ।
भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ। यसअघि गत असोज ४ गते पनि दार्चुलाको खर्रा केन्दुबिन्दु बनाएर ४ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको थियो।
प्रकाशित मिति: ०६:४० बजे, शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











