गण्डकी प्रदेशमा थपिए ११८ जना कोरोना संक्रमित
काठमाडौं, असोज ८ : गण्डकी प्रदेशमा थप ११८ जना कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा ९३१ जनाको नमुना परीक्षण गरिएकामा ११८ जनामा...काठमाडौं, असोज ८ : गण्डकी प्रदेशमा थप ११८ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ९३१ जनाको नमुना परीक्षण गरिएकामा ११८ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित मध्ये ६१ महिला र ५७ जना पुरुष रहेका छन् ।
प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार कास्की ६४,बागलुङ १, स्याङ्जा ७,पर्वत १, गोरखा १२, लमजुङ २, तनहुँ १६ र नवलपरासी पूर्वमा ४ जनामा सङ्क्रमण देखिएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ८५ हजार ८२ पुगेको छ । हालसम्म गण्डकीमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ३५३ रहेको छ । प्रदेशमा शुक्रबार १४१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
हालसम्म प्रदेशमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८२ हजार ४६२ पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार २२७ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: २०:०८ बजे, शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१