प्रदेश नं १ मा ३२४ मा सङ्क्रमण
विराटनगर, असोज ८ : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३२४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। यस अवधिमा ९५८ को...
विराटनगर, असोज ८ : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३२४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। यस अवधिमा ९५८ को पीसीआर परीक्षण गर्दा २११ र ६०४ को एन्टिजेन परीक्षण गर्दा ११३ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार आज पनि सबैभन्दा बढी झापा ७३ मा र पालिकामध्ये सबैभन्दा बढी विराटनगरमा ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा सुनसरीमा ६६, मोरङमा ५८, इलाममा आठ, धनकुटामा दुई, ओखलढुङ्गा र उदयपुरमा एक/एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको छ।
प्रदेशमा आजै २५६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा १२९ महिला र १२७ पुरुष छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १९:१७ बजे, शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












