Kathmandu Press

आउने निर्वाचनमा प्रचण्डसँग चुनाव लड्न सक्छु : बादल 

काठमाडौं, असोज ८ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता रामबहादुर थापा बादलले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग...
आउने निर्वाचनमा प्रचण्डसँग चुनाव लड्न सक्छु : बादल 

काठमाडौं, असोज ८ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता रामबहादुर थापा बादलले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आफू चुनाव लड्न सक्ने बताएका छन्।

पूर्व गृह मन्त्री रामबहादुर थापा बादलले शुक्रवार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीको निर्णय भए प्रचण्डविरूद्ध चुनाव लड्न सक्ने बताएका हुन् ।

नेता बादलले दाहाल पार्टी लाइन छाडेर राष्ट्रियता विरोधी, लोकतन्त्र विरोधी र देशको समृद्धिको विरोधी लाइनमा लागेको आरोप समेत लगाए ।

फरक प्रसङ्गमा उनले आफ्नो पार्टी एमसीसीलाई परिमार्जनसहित पारित गर्नुपर्छ भन्ने मान्यतामा अडिग रहेको पनि जनाए । 
 

प्रकाशित मिति: १८:३८ बजे, शुक्रबार, असोज ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्