वसन्त चौधरीलाई हृदयाघात, दुबईमा मुटुको शल्यक्रिया गर्ने तयारी
काठमाडौं, असाेज ८ : साहित्यकार तथा उद्यमी वसन्त चौधरीलाई हृदयाघात भएको छ।तीन दिनअगाडि सपरिवार दुबईमा घुमघामका लागि गएका उनलाई आज (शुक्रबार) हृदयाघात भएको...
काठमाडौं, असाेज ८ : साहित्यकार तथा उद्यमी वसन्त चौधरीलाई हृदयाघात भएको छ।
तीन दिनअगाडि सपरिवार दुबईमा घुमघामका लागि गएका उनलाई आज (शुक्रबार) हृदयाघात भएको हो।
नेपालमा छँदै एक साताअघि उनको मुटुमा समस्या देखिएको थियो। त्यसक्रममा उनको एन्जियोग्राफी पनि गरिएको थियो।
त्यस्तो समस्या हुँदाहुँदै पनि उनी घुमघामका लागि दुबई गएका थिए।
दुबर्इस्थित एक अस्पतालमा उनको मुटुको शल्यक्रिया गर्ने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ।
चौधरी नर्भिक अस्पतालका संस्थापक अध्यक्ष हुन्।
प्रकाशित मिति: १७:५८ बजे, शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











