Kathmandu Press

एकीकृत समाजवादी वाग्मतीको बैठक असोज १९ गते काठमाडौंमा 

काठमाडौं, असोज ८ : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को वाग्मती प्रदेश कमिटी बैठक यही असोज १९ गते काठमाडौंमा हुने भएको छ। वाग्मती प्रदेशका...
एकीकृत समाजवादी वाग्मतीको बैठक असोज १९ गते काठमाडौंमा 

काठमाडौं, असोज ८ : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को वाग्मती प्रदेश कमिटी बैठक यही असोज १९ गते काठमाडौंमा हुने भएको छ। 

वाग्मती प्रदेशका सबै तहमा कसरी सङ्गठन विस्तार गर्ने तथा राजनीतिक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक कार्य योजना निर्माण गर्नेलगायत विषयमा बैठकमा छलफल हुने कमिटीका सहइञ्चार्ज जीवनराम श्रेष्ठले जानकारी दिए।  

पार्टीका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा हुने उक्त कार्यक्रममा पार्टीले सञ्चालन गर्ने राजनीतिक कार्यक्रम तथा अन्य अभियानमा प्रदेशको कमिटीले निर्वाह गर्नुपर्ने भूमिकामा समेत सहभागी नेताबाट सुझाव सङ्कलन गरिनेछ।


कमिटीलाई सशक्त बनाउन कार्य विभाजनका साथै नेतालाई जिम्मेवारी दिइनेछ। बैठकमा उक्त प्रदेशभित्रका पार्टीका केन्द्रीय सदस्य, प्रदेश कमिटीका सदस्यलगायत २०० जनाको सहभागिता हुनेछ।

स्थानीय तहमा जनताका समस्यालाई केन्द्रमा राखेर समाधान गर्न नेता तथा कार्यकर्तालाई कसरी परिचालन गर्ने भन्नेबारे प्रशिक्षण दिइनेछ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा साङ्गठनिक विस्तार तथा राजनीतिक अभियान यही असोज ९ गते सञ्चालन गरिन लागेको छ। 

प्रकाशित मिति: १७:०२ बजे, शुक्रबार, असोज ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्